वार्षिक अबधिमा संचालन भएका मुख्य/मुख्य कार्यहरु तथा उपलब्धी विवरण

१. राष्ट्रकै पहिलो सहकारी संगको सहकार्य

राष्ट्रिय औद्योगिक वाली उत्पादन कार्यक्रम हरिहरभवनवाट प्राप्त अभियानमुखि तेलहन वाली उत्पादन कार्यक्रम अन्र्तगत राष्ट्रकै पहिलो सहकारी श्री वखान सहकारी संस्था ली।, शारदानगर चितवन संगको सहकार्यमा ८ हेक्टर क्षेत्रफलमा तोरीको वीउ उत्पादन कार्यक्रम संचालन गरि करिब ५.० मे।टन गुणस्तरीय वीउ उत्पादन भएको छ । साथै सो संस्थाले संचालन गरेको तोरीको मिल संचालनमा टेवा पु¥याउने उद्धेश्यले १५० हेक्टरका लागी ५०५ अनुदानमा तोरीको उन्नत वीउ उपलव्ध गराईएको थियो । यसका कारण स्थानिय स्तरमा तोरीको उत्पादनमा बृद्धि भई सस्ंथाको मिलवाट शुद्ध तोरीको तेलको विक्रि वितरणमा टेवा पुगेको छ । यसका साथै सोहि संस्थाका कृषकहरुमा तोरि बालिमा आई।पि।एन।एस।कृषक पाठशाला समेत संचालन गरिएको थियो ।

२. जिल्लामा पहिलो पटक प्लाष्टिक घर
चितवन जिल्लामा पहिलो पटक जिल्ला विकास समिति चितवनको आर्थिक तथा जिल्ला कृषि विकास कार्यालय, चितवन को प्राबिधिक सहयोगमा मिति २०६८/८/२४ देखि २०६८/८/२८ सम्म दारेचोक गा।वि।स। वार्ड नं। ४ तामिनमा अगुवा कृषक स्तरमा ५ दिने प्लाष्टिक घरमा बेमौषमि तरकारी खेति प्रबिधि विषयक तालिम संचालन गरिएको थियो । उक्त तालिममा ६ वटा गा।वि।स।का २५ जना अगुवा कृषकहरुको संलग्नता रहेको थियो ।

तालिम पश्चात सहभागी कृषकहरुलाई ७५५ मूल्य अनुदानमा ५० न्क्ः को ग्ख् प्लाष्टिक वितरण गर्नुका साथै थिम्स–१ जातको गोलभेंडाको वीउ समेत सत् प्रतिशत अनुदानमा उपलब्ध गराईएको थियो । यस वाट उनिहरुको मनोबलमा अभिबृद्धि हुन गई बेमौषमि तरकारी खेतिको क्षेत्र विस्तार हुने फलस्वरुप कृषकको आम्दानीमा बृद्धि हुन गई जिवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रम संचालनकालागी जिल्ला विकास समितिले रु। २ लाख ९५ हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

३. प्लाण्ट क्लिनिक संचालन

जि।कृ।वि।का।, क।प।वि।अ।सं। क्भ्ऋब्च्म् ल्भउब िको सहकार्यमा हरेक महिना जगतपुर, मंगलपुर, माडी र भण्डारा गा।वि।स।मा ४ वटा नियमित प्लाण्ट क्लिनिकहरु संचालन भैरहेकोे छ भने जि।कृ।वि।का।को स्विकृत कार्यक्रम तर्पmबाट समेत शक्तिखोरको न्यूरेनिमा कार्तिक २६ गते प्लाण्ट क्लिनिक संचालन गरिएको थियो । उक्त कार्यक्रम बाली संरक्षण निर्देशनालय, हरिहर भवन, ललितपुरका निर्देशक डा। युवकध्वज जि।सि।को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
जि।कृ।वि।का।को स्विकृत कार्यक्रम तर्पmबाट समेत सेकार्ड नेपाल, कृषि सेवा केन्द्र माडी तथा गुञ्जनगर, कृषि तथा पशु विज्ञान अध्ययन सस्ंथान रामपुरको सहयोग र समन्वयमा फागुणको २२ गते माडीको गर्दी गा।वि।स। मा ५७ जना कृषकहरुका वालीमा लाग्ने रोग, कीराको परिक्षण गरि परामर्श सेवा उपलव्ध गराईयो ।

४. ३१ औं विश्व खाद्य दिवस–२०६८
जिल्ला कृषि विकास कार्यालय चितवनको आयोजनामा यस वर्षको ३१ औं विश्व खाद्य दिवस–२०६८ “मुल्यमा स्थिरता, खाद्य सुरक्षामा सुनिश्चितता” भन्ने नाराका साथ अन्तर माध्यामिक विद्यालय स्तरिय निवन्ध प्रतियोगिता, कृषक समुह/सहकारी तथा सरोकारवालाहरुको प्ले कार्ड तथा व्यानर सहितको ¥यालि, पर्चा पोष्टर वितरण तथा प्रवचन कार्यक्रमका साथ भब्यरुपमा सुसम्पन्न भयो ।

यसै सिलसिलामा २०६८ कार्तिक १८ गते प्रवचन तथा पुरस्कार वितरण समारोहको आयोजना गरियो । निमित्त स्थानिय विकास अधिकारी श्री समर खनालको सभापतित्व र सहायक प्रमुख जिल्ला अधिकारी श्री नन्दिकेशर त्रिपाठिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न कार्यालय÷संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, शिक्षक, विद्यार्थी, पत्रकार र कृषकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसै सिलसिलामा कार्तिक ४ गते मा।वि।स्तरिय निवन्ध प्रतियोगिता सम्पन्न भएको थियो । १६ वटा सरकारी/सामुदायीक/निजि माध्यामिक विद्यालयका २० छात्रा र १२ छात्र गरी जम्मा ३२ जना सहभागि भएको उक्त प्रतियोगिताका विजयी तपसिलमा उल्लेखित छात्र छात्राहरुलाई प्रमुख अतिथी, कार्यक्रमका सभापति एवं बरिष्ठ कृषि विकास अधिकृतले संयुक्त रुपमा नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान गर्नु भएको थियोे ।

यसैगरी सोहि अवसरमा जिल्ला कृषि विकास कार्यालय चितवनद्धारा आ।ब। २०६७/६८को कृषि प्रसार कार्यक्रम अन्र्तगत संचालित विभिन्न प्रतियोगिताका ३३ जना उत्कृष्ठ कृषक एवं १० वटा कृषक समुहहरु लाई समेत नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिएकोे थियो ।

५. ७ जना कृषकहरुलाई राष्ट्रियस्तरको पुरस्कार
मिति २०६८ कार्तिक २१ र २२ गतेका दिन केन्द्रिय स्तरमा मनाईने ३१ औ विश्व खाद्य दिवश समारोहमा विभिन्न प्रतियोगिता तर्फ उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार यस जिल्लाबाट तपसिलमा उल्लेखित विभिन्न विधाका ७ जना कृषकहरु उत्कृष्ठ स्थानमा पर्न सफल भई राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेका ।