साझेदारीमा संचालन गरिएका कार्यक्रमहरु

१ प्रबिधि हस्तान्तरण सहकार् ः 
स्थानिय स्तरमा उपलब्ध श्रोत साधनहरुको अधिकतम परिचालन गरी कृषक स्तरमा उपयुक्त कृषि प्रविधि हस्तान्तरण गर्ने शिलसिलमा ग्रामिण कृषक÷उपभोक्ताहरुको आवश्यकता अनुसार विभिन्न सरकारी तथा गैह्र सरकारी निकायहरु संगको सहकार्यमा बार्षिक अवधिमा बिभिन्न बिषयमा कृषक तालिमहरु सम्पन्न गरियो ।
* जिल्ला वन कार्यालयको आयोजनामा मिति २०६० जेठ ३ गते देखि ६ गते सम्म संचालन गरिएको च्याउ खेती तालिममा कार्यालयका विषय बिशेषज्ञवाट प्रशिक्षण दिईएको थियो । उक्त तालिममा १८ जना महिला कृषकहरुको सहभागिता रहेको
* आर.आर.एन., चितवनको आर्थिक सहयोगमा लहरे तरकारी बालीमा संचालित आई.पी.एम. कृषक पाठशालामा सहजिकरण गरिएको ।
* महिला समन्वय समिति र आर.आर.एन., चितवन सँगको साझेदारीमा कोराक र सिद्धि गा.वि.स.का विपन्न कृषकहरुलाई तालिम तथा ५० वटा मौरी घार निःशुल्क वितरण गरेको ।
* साना कृषक समूहलाई लक्षित गरी कृषि विकास बैंक, विरेन्द्रनगर द्धारा आयोजित ३ दिने च्याउ खेती प्रबिधि तालिममा कार्यालयका विषय विशेषज्ञ एवं प्राविधिक बाट सहजिकरण गरिएको थियो । उक्त तलिममा १६ जना महिला र ११ जना पुरुष गरी जम्मा २७ जना कृषकहरुको सहभागीता रहेको थियो ।
* आर.आर.एन.को आर्थिक सहयोग र जिल्ला कृषि विकास कार्यालय र कृषि तथा पशु विज्ञान अध्ययन सस्ंथान, रामपुरको प्राविधिक सहयोगमा कोराक गा.वि.समा ५ दिने मौरी पालन प्रबिधि तालमि संचालन गरिएको ।
* यसैगरी आर.आर.एन.कै आर्थिक सहयोग र जिल्ला कृषि विकास कार्यालय प्राविधिक सहयोगमा कोराक गा.वि.समा ५ दिने प्रांगारिक करेशावारी तालिम सञ्चालन गरिएको ।
* कृषक समन्वय समिति पदमपुरको आयोजनामा २ दिने व्यवसायीक केरा खेती सम्वन्धि अगुवा कृषक स्तरीय तालिममा संचालन गरेको थियो उक्त तालिममा कार्यालयका प्राविधिकहरुबाट प्रशिक्षण उपलव्ध गराईएको ।
* जेष्ठको २७ र २८ गते बछ्यौलि गा.वि.स.को आर्थिक सहयोगमा आयोजित बेमौषमि तरकारी खेति तथा धान बालकिा रोग किरा व्यवस्थापन सम्बन्धि तालिममा सहजिकरण
* काउले गा.वि.स.को आर्थिक सहयोगमा संचालित ४ दिने तरकार खेति (गोलभेंडा खेति) विषयक कृषक तालिममा सहजिकरण

२. माटो परिक्षण शिविर संचालन
जिल्ला कृषि विकास कार्यालय, चितवनको स्विकृत कार्यक्रम अनुसार क्षेत्रिय माटो परिक्षण प्रयोगशाला, हेटौडा संगको सहकार्यमा रत्ननगर, जगतपुर, शक्तिखोर र माडीको अयोध्यपुरीमा गरी ४ वटा माटो परिक्षण शिविर संचालन गरिएको थियो । यसैगरी प्रांगारीक खेति प्रबद्र्धन कार्यक्रम अन्र्तगत माटो व्यवस्थापन निर्देशनालय, हरिहरभवन, ललितपुर संगको सहकार्यमा खैरहनी पनि माटो परिक्षण शिविर संचालन गरिएको थियो । उक्त ५ शिविरहरुमा ४१८ वटा माटोका नमुनाहरु परिक्षण गरि आवश्यक सिफारिस गर्नुका साथै कृषकहरुलाई ५० बोरा कृषि चुन निःशुल्क उपलब्ध गराईएको थियो ।

३. भकारो सुधार
खेर गईरहेको पशुमुत्र संकलन तथा प्रयोग एवं गोबरको उचित व्यवस्थापन गरी प्रांगारिक खेति प्रबद्र्धन गर्ने उद्धेश्यले विगतका बर्षमा जस्तै यस वर्ष पनि जिल्ला कृषि विकास कार्यालयको कार्यक्रमवाट ३० वटा र माटो व्यवस्थापन निर्देशनालयवाट प्राप्त कार्यक्रम तर्फको ८ वटा गरि ३८ वटा भकारो सुधारका कार्यक्रमहरु कृषि सेवा केन्द्र गुञ्जनगर, खैरहनि, माडि र रत्ननगर अन्र्तगतका संचालन गरिएको ।

४. प्लाण्ट क्लिनिक संचालन
SECARD Nepal को आयोजनामा जि.कृ.वि.का.,चितवन र कृ.प.वि.अ.सं.रामपुरको सहकार्यमा हरेक महिना जगतपुर, मंगलपुर, माडी र भण्डारा गा.वि.स.मा ४ वटा नियमित प्लाण्ट क्लिनिकहरु संचालन भैरहेको छ भने जि.कृ.वि.का.को स्विकृत कार्यक्रम तर्पmबाट समेत सेकार्ड नेपाल, कृषि सेवा केन्द्र माडी तथा गुञ्जनगर, कृषि तथा पशु विज्ञान अध्ययन सस्ंथान रामपुरको सहयोग र समन्वयमा ३ वटा प्लाण्ट क्लिनिकहरु संचालन गरिएको थियो । उक्त कार्यक्रममा कृषकहरुका वालीमा लाग्ने रोग, कीराको परिक्षण गरि परामर्श सेवा उपलव्ध गराईएको थियो ।

५. गा.वि.स.संग सहकार्य
गुन्जनगर गा.वि.स.को रु १ लाख आर्थिक सहयोग तथा कृषि सेवा केन्द्र गुंजनगर र क्षेत्रिय माटो परिक्षण प्रयोगशाला, हेटौडाको प्राविधिक सहकार्यमा जेष्ठ र असार महिनामा माटो नमुना संकलन प्रबिधि सम्बन्धि ६ दिन विभिन्न ५ समुहमा तालिम संचालन पश्चात ५ दिने माटो परिक्षण शिविर संचालन गरियो । तालिमका २०० जना सहभागीहरुलाई बर्षे तरकारीको किट वितरण गर्नुका साथै शिविरमा परिक्षण गरिएका ४३७ नमुनाहरु अधिकांश अम्लिय रहेको पाईयो ।